झापा । 

झापाको बिर्तामोड नगरपालिका– ८ देउनियाबाट जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई जना थुनुवा पक्राउ परेको छन् । आज (बिहीवार) बिहान ८ बजेको समयमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बिर्तामोड–८ का ३३ बर्षीय सरोज पौडेल र सोही स्थानका २५ बर्षीय पंकजराज मैनाली छन् । 

अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरि टोलीले लागू आौषध कसुरमा अनुसन्धानमा रहि  गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा ईलाका प्रहरी कार्यालयअनारमनीको हिरासतबाट  फरार भएका थिए । 

फरार थुनुवाहरुलाई उनीकै घर वतनबाट पक्राउ गरी  इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।