विराटनगर।
झापा, मोरङ र सुनसरीबाट लागू औषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट रंगेली नगरपालिका–४ र ६ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका–५ का जीवन खड्का र रंगेली–४ का सतिस कुमारलाई ४ ग्राम ८० मिलिग्राम र कानेपोखरी गाउँपालिका–५ का सलिन गुरुङ र कपिल जिमि याख्खालाई १ ग्राम ७९०मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यैगरी झापाको प्रहरी चौकी जलथलले हल्दीवारी गाउँपालिका–५ का सौरभ गुरुङ र देवीप्रसाद गुरुङलाई ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकली सुनसरीले ईटहरी–१७ का जान मोहमद हुसेन, सादाब हसिन, मोरङ केराबारीका भुसण राई र अनिस मगरलाई २ किलो २०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
यस्तै सुनसरीको इटहरी उप–महानगरपालिका–३ डाडागाँउ टोल स्थितबाट अवैध लागू औषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार लागू औषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले इहटरी–३ की कल्पना राईको घरमा रहेको प्रदेश १–०२–००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड गर्दै गरेको अवस्थामा कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका–७ घर भई सोही घरमा बस्दै आएका मनोज राईलाई फेला प्लास्टिको पोकामा रहेको ९८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


















