लक्ष्मीपुर ।
झापाको पूर्व–पश्चिम राजमार्गस्थित लक्ष्मीपुर चोकमा ट्रक पल्टदा केही समय सवारी साधन जाम भएको छ । केरखादेखि धानको लोड लिएर आएको ट्रक अनियन्त्रित भएको पल्टिएको हो ।
केरखाबाट धाइजन धान लिएर आज (शुक्रवार) करिव ३ः२० बजेको समय लक्ष्मीपुर आएको प्र.१–०१–००१ ख ३८६१ नम्बरको ट्रक पल्टिएको थियो ।
ट्रक पल्टदा सो ट्रकमा सवार मानिस घाइते भएका छन् । उनीहरुको विवरण भने आउन बाँकी रहेको छ । लक्ष्मीपुर पूर्व रहेको डाइभसनमा ट्रक पल्टेर सडक जाम हुँदा केहीबेर सडक जाम भएको थियो ।
जेसीवीको मद्दतले ट्रक उठाएर साइड लगाएसँगै अहिले सडक जाम खुलेको छ । उक्त घटनाको थप बिबरण भने आउन बाकी रहेको छ ।


















