चारपाने । 

जेम्स फिटनेस सेन्टरको आयोजनामा श्रमदान तथा सरसफाई अभियान सञ्चालन गरिएको  छ । झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा रहेको सेन्टरले आज (शनिवार) चारपाने क्षेत्र सरसफाई गरेको हो । 

बिर्तामोड–२ चारपानेका युवा जेम्स उप्रेतीको अगुवाईमा चारपाने बजार क्षेत्रदेखि बिर्तामोड–२ को वडा कार्यालयसम्म सरसफाई गरिएको सामाजिक नेतृ तथा जेम्स फिटनेस सेन्टरकी सहयोगी पार्वता गिरीले जानकारी दिनुभयो । 

बिभिन्न स्थानीय सामाजिक कार्य गर्दै आएको जेम्स फिटनेस सेन्टरले श्रमदान तथा सरसफाई अभियान सञ्चालन गरेको हो । उक्त अभियान अन्तरगत चारपाने बजार क्षेत्रसहित दक्षिण वडा कार्यालयसम्मको सडक र क्षेत्रमा सरसफाई गरिएको बताइएको छ ।