झापा ।
नेपाल चलचित्र निर्माता संघको मंसीर १ गते हुने निर्वाचनको सचिव पदमा झापाका युवराज गिरीले उम्मेद्वारी दिएका छन् । निर्माता गिरीले शनिवार सचिव पदका लागि मनोनयन दर्ता गराएका हुन् । गिरीले सुनिलकुमार थापाको नेतृत्वको प्यानलबाट सचिव पदमा उम्मेद्वारी दिएका छन् । युवराज गिरी ग्राण्ड प्रालिका अध्यक्ष हुन् ।
गिरीले फुलमाला भन्ने चलचित्रमा कलाकारका रुपमा अभिनय गरेका थिए भने वानर सेना नामक चलचित्रको निर्माता रहेका छन् । यसैगरी उनले किसान नामक चलचित्र पनि चाँडै निर्माण गर्ने बताएका छन् ।
गिरीको ४० म २० उ नाम म्युजिक भिडियो निक्कै लोकप्रिय बनेको थियो । साथै उनले ४० म २० उ नामक टेलि सिरियल पनि निर्माण गरेका छन् । तीन २४ जना मतदाता रहेको निर्माता संघमा सदस्य पदमा सवै सर्वसम्मत भएका छन् भने अध्यक्षसहित पदाधिकारीको भने निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतमा राजेन्द्र सलभ रहेका छन् भने निर्वाचन अधिकृतमा ताराकुमार श्रेष्ठ र शान्तिप्रय रहेका छन् । १५ सदस्यीय समिति रहने संघको समितिको कार्यकाल ३ बर्षको रहनेछ । सुनिलकुमार थापा र उदयकुमार इङनाम (सुब्वा) को प्यानलले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ ।


















