झापा । 

झापा बुद्धशान्ति गाउँपालिका–४ मंगलबारेस्थित भित्री सडक खण्डमा शुक्रवार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  शनिवार राति ९ः३० बजेको समयमा भञ्जयाङबाट मंगलबारेतर्फ जाँदै गरेको मे.१० प.११०४ नम्बरको मोटरसाइकल आफै आनियन्त्रीत भएर दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल  चालक सोही स्थानका २६ बर्षीय अभिषेक नेवार घाईते भएका थिए । घाइते उनको बीएण्डसी अस्पताल बिर्तामोड झापा लगेर उपचार हुँदै गरेको थियो । 

उपचारपछि आफन्तले उनलाई आइतवार राति ९ बजे घर लगेका थिए । आज (सोमवार) बिहान अन्दाजि ६ः३० बजे घरमै उनको मृत्यु भएको हो । 

अनुसन्धान तथा मुचुल्का कार्यको लागिइलाका प्रहरी कार्यालय धुलाबारीबाट नकुलराज गौतमको कमाण्डमा टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।