झापा । 

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् भने सचिवमा झापाका युवराज गिरी निर्वाचित भएका छन् । संघको सोमवार काठमाडौंमा भएको १९ औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा सुब्बा र सचिवमा गिरी निर्वाचित भएका हुन् । 

अध्यक्षमा सुब्बाले १५३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुनिलकुमार थापाले १२७ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा ज्योतिकुमार राई र रोनकबिक्रम कँडेल निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा खगेन्द्रप्रसाद लामिछाने १५२ मत सहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी किरण नेपालीले १२६ मत प्राप्त गरेका थिए । सचिवमा झापाका युवराज गिरीले १५९ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका प्रतिस्पर्धी किसान पोखरेलले १०९ मत प्राप्त गरेका थिए । 

कोषाध्यक्ष रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यमा श्रीधर पौडेल, चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, घनेन्द्र थपलिया, मनोजकुमार अधिकारी, राजकुमार पण्डित र प्रवीण कार्की निर्विरोध निर्वाचित भएका छन् । संघमा तीन सय २४ जना मतदाता रहेका थिए भने २८० मत खसेको थियो।

निर्वाचनको परिणाम सम्पन्नसँगै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत राजेन्द्र सलभ, निर्वाचन अधिकृत ताराकुमार श्रेष्ठ र शान्तिप्रयले गोपनीयतासँगै सपथ ग्रहण गराएका थिए ।  १५ सदस्यीय समिति रहने संघको समितिको कार्यकाल ३ बर्षको रहनेछ ।