झापा ।
झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले गएराति ७ः४० बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ प्रदेश १–०१–१५ प ५३३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका हल्दीबारी गाउँपालिका–२ का मोटरसाइकल चालक राम मर्डी र सोही मोटरसाइकल पछाडी सवार हल्दीबारी–३ का धनबहादुर बनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाइकलमा सवार उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा बमोटरसाइकलको बिचमा चिनिको पोकामा प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ ३ ग्राम ८३० मिलिग्राम सहित दुबै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याएर थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।


















