बिर्तामोड । 

सामाजिक कार्यका लागि धन मात्र दिएर पुग्दैन । सामजिक कार्य गर्ने इच्छाशक्तिसँगै समय पनि दिनुपर्छ । समाजका हरेकको मन जित्न सक्नुपर्छ । सवै क्षेत्रमा आफ्नो पकड बनाउन सक्नुपर्छ । अनि मात्र समाजले उसलाई सामाजिक रुपमा चिन्ने गर्छ र सामाजिक ब्यक्तित्वका रुपमा स्थापित हुन सहज हुन्छ । 

यसैको उदारणका रुपमा झापाका सामाजिक व्यक्तित्व तथा सफल व्यवसयाी बिपिन बजगाँई स्थापित हुँदै गएका छन् । उनले समाजका प्रत्येक गतिविधिलाई नजिकबाट नियाल्दैछन् । त्यस्ता कार्यमा आफुले सकेको साथ र सहयोग पनि गरिरहेका छन् । 

यसै क्रममा जलथल फुटवल युवा ब्लवलाई युनिक मेसिनरी ट्रेडर्सका सञ्चालकसमेत रहेको उनले ब्रस कटर मेशिन (झार काट्ने मेशिन)  प्रदान गरेका छन् । उनले मेची आँखा अस्पतालका अध्यक्ष, झापा गोल्डकपका संस्थापक अध्यक्ष तथा झापा ११ फुटवल क्लवका अध्यक्षसमेत रहेका जलकुमार गुरुङको उपस्थितिमा जलथल फुटवल युवा ब्लव अध्यक्ष दलबहादुर राई, क्लवका सदस्य राजु राई, जय राई साथै सामाजिक ब्यक्तित्व दीपक पोखरेल र बिपिन घिमिरेलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । 

यस अघि पनि उनले अर्जुनधारा नगर खेलकूद विकास समिति र मेहेरमानलाई झार काट्ने मेशिन प्रदान गरेका थिए । बिर्तामोड उद्योग बाणिज्य संघका सदस्यसमेत रहेका बजगाँईले पहिल्लो समय सामाजिक कार्यलाई प्राथमिकता दिदै गएका छन् ।