झापा । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजेका लागि तय भएको बैठक फेरि स्थगित भएको छ । मुख्यसचिवसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर बैठक पुनः स्थगित भएको जनाएका हुन् । बैठक शनिबार दिउँसो १ बजे बस्ने सूचनामा लेखिएको छ । 

असोज २८ गते सुरु भएकोकांग्रेस केन्द्रीय समितिको  बैठक कहिले सर्दै र कहिले बस्ने शृङ्खला चलेको एक महिला बितिसकेको छ । यद्यपि,  बैठकले ठोस निर्णय लिन सकेको छैन । नियमित अधिवेशन कि विशेष अधिवेशन, चुनाव अघि कि चुनाव पछि भन्ने विषयमा नै बैठक अल्झिएको छ । 

कांग्रेस महामन्त्रीद्व्य गगन थापा र विश्वप्रकाश शर्मा चुनाव अघि नै विशेष महाधिवेशन हुनु पर्ने पक्षमा ठिङ्ग उभिएर संस्थापन पक्षले बैठकबाट निर्णय लिन आलटाल गरिरहेको छ । महामन्त्रीद्व्यलेद्व्यले विशेष महाधिवेशनको मिति तय गर्न माग गर्दै पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेको प्रस्तावसमेत अस्वीकार गरेका छन् । 

भेटमा सभापति देउवाले महामन्त्री शर्मालाई चुनावमा केन्द्रित हुन तीन दिन अघि आग्रह गरेको सार्वजनिक भएको थियो। महामन्त्री शर्माले विशेष महाधिवेशनको मिति तय नभए पद त्याग्ने चेतावनी दिएका थिए।