बिर्तामोड । 

बिर्तामोड साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाले ११ हजार वढीलाई शुद्ध खानेपानीको सेवा पुर्याउन सफल भएको छ । झापाको बिर्तामोड–५ मा कार्यालय रहेको संस्थाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर शुद्ध खानेपानी वितरण गरिरहेको संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले जानकारी दिए । 

बिर्तामोड नगरभरी साथै अर्जुनधारा नगरको वडा नम्बर ६ र १० का केही क्षेत्रका उपभोक्तालाई खानेपानीको सेवा दिइरहेको उपाध्यक्ष सिटौलाले बताए । उनका अनुसार खानेपानी संस्थाले तीन वडा ओभरहेड ट्याङ्कीबाट ग्राहकहरुलाई खानेपानेको सेवा दिएको छ । 

‘पूर्वपश्चिम एशियन हाइवे सडक निर्माणका कारण पाइप टुटफुट हुँदा निक्कै समस्या भएको थियो’ उपाध्यक्ष सिटौलालले भने ‘तर, पछिल्लो समय भने समन्वयका कारण सहज बन्दै गएको छ ।’ उनले उपभोक्ताको समस्यालाई ध्यान केन्द्रित गरेर सवै समस्याहरु समाधान गरिदै गरिएको जानकारी दिएका छन् । 

यता संस्थामा सचिव पारसमणि मैनालीले संस्था स्थापनादेखिका पाइप बाटोको बिचमा पर्ने भएकाले फुट्दा टुट्दा मर्मत गर्न समस्या हुने गरेको बताए । उनले त्यस्ता ठाउँ पहिचान गरी नयाँ पाइप विस्तार गर्न आवश्यक भएकाले त्यस्ता ठाउँका पाइप बिस्तारमा सहजीकरण गरिदिन उपभोक्ताहरुसँग आग्रहसमेत गरेका छन् । 

बढ्दो जनघनत्व र आम उपभोक्ता वढ्दै गएकाले २÷३ वटा डिभ बोरिङ चाँडै निर्माण गर्ने संस्थाको योजना रहेको बताइएको छ ।