झापा।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाँईसहित परिवारको तर्फबाट झापाका दुई वृद्धाश्रममा सहयोग प्रदान गरिएको छ । चम्लागाँई परिवारले शनिबार साँझ मेचीनगरको बाहुण्डाँगीस्थित मानवसेवा आश्रममा पुगेर ७१ जना वृद्धवृद्धालाई भोजन गराएको छ भने जाडोका लागि स्वेटर, ज्याकेट लगायतका न्यानो कपडा प्रदान गरेको छ ।

चम्लागाँईं परिवारका अभिभावक समाजसेवी लोकनाथ चम्लागाँईसहित परिवारका सदस्यहरुले मानवसेवा आश्रमका वृद्धवृद्धाहरुलाई आफ्नै हातले खाना वितरण गरेका थिए । खाना बापतको नगद रकम आश्रमका खगेन्द्र विश्वकर्मालाई हस्तान्तरण गरिएको थियो ।

मानवसेवा आश्रममा पुगेर सहयोग गर्ने अवसर पाएकोमा चम्लागाईं परिवारले धन्यवाद दिएका थिए । उनीहरुले मानवसेवा आश्रमको राम्रो व्यवस्थापनको प्रशंसासमेत गरेका थिए ।
त्यस्तै चम्लागाँईं परिवारकै तर्फबाट बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम)का ३८ जना वृद्धवृद्धालाई साँझको खानाबापतको रकम हस्तान्तरण गरिएको थियो । त्यहाँ खाना पकाउने तथा वृद्धवृद्धालाई जाडोमा नुहाउने लगायतका काममा तातोपानीका व्यवस्थापनका लागि सात थान ग्यास सिलिण्डर समेत प्रदान गरिएको थियो । केन्द्रका सचिव बेनुप्रसाद भट्टराईलाई खाना तथा ग्यास सिलिण्डर भर्नका लागि लाग्ने रकम हस्तान्त्रण गरिएको थियो l

उक्त परोपकारी कार्यमा झापाको बाह्रदशी ७ डाँगीबारीस्थित चम्लागाँईं परिवारको तर्फबाट लोेकनाथ चम्लागाँईं ,डिकुरादेवी चम्लागाँईं, प्रेम चम्लागाँईं , महेन्द्र चम्लागाँईं , कञ्चन चम्लागाँईं, कामक्क्षा चम्लागाँईं , दुर्गा चम्लागाँईं , बेदकुमारी चम्लागाँईं लगायतको सहभागिता थियो ।  दुवै वृद्धाश्रममा चम्लागाँईं परिवारले त्यहाँ रहेका वृद्धवृद्धाका लागि आवश्यकता बुझेर सञ्चालकहरुले भनेअनुसारकै सहयोग प्रदान गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाँइ तथा कञ्चन अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाँइको परिवार कतारमा बस्दै आएका छन् । महेन्द्र नेपाली व्यवसायी संघ कतारका अध्यक्षसमेत हुन् ।