झापा ।
सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा शनिबार भएको आगलागीमा पाँच करोड बराबरको क्षति भएको छ ।
आगलागीबाट जुट मिल्सभित्र रहेका जुट, जुटका सामाग्री र मेसिनहरू जल्दा पाँच करोड बराबरको क्षति भएको उद्योगका सञ्चालक राजकुमार गोल्छाले जानकारी गराएका छन् ।
विद्युत् सर्ट भएर लागेको आगोले जुट मिल्स भित्रका पाँचवटा मेसिनसहित विभिन्न उपकरण जलेर नष्ट भएका छन् । शनिवार साँझ लागेको आगो निभाउन इटहरी, विराटनगर, दुहबी, धरान लगायत स्थानबाट आठवटा दमकल, प्रहरी, स्थानियबासी र जुटमिलका कामदाररकर्मचारीहरुले खटिएका थिए ।
सबैको प्रयासमा साँझ ८ बजेतरि मात्र आगो नियन्त्रणमा आएको थियो । यो हालसम्म सञ्चालन भैरहेका जुटमिलमध्यको ठूलो जुटमिल्स समेत हो ।


















