झापा ।
झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । गएराति ७ः४० बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री अर्जुनधारा नगरपालिका–२ खुदुनाबारीका ३१ बर्षीय बीरबहादुर कुमाललाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
कुमलामाथि शंका लागेर चेक जाँच गर्दा उनले मलद्धार भित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम ८३० मिलिग्राम सहित नियन्त्रणमा लिइएको छ ।
नियन्त्रण गरिएका कुमाललाई अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।


















