झापा।
बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । सोमबार अपराह्न आफ्नै निवासमा उनको निधन भएको हो । बलिउड फिल्म निर्माता करण जौहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र देओलको ८९ वर्षको उमेरमा निधन भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै धर्मेन्द्रको निधनले ‘भारतीय सिनेमामा एक युगको अन्त्य भएको’ बताएका छन् ।
केही समयदेखि स्वास्थ्य समस्यासँगको सामाना गरिरहेका धर्मेन्द्रको मुम्बईमा रहेको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुई हप्ताअघि मात्रै उनलाई अस्पतालबाट घर फिर्ता ल्याइएको थियो । उनका शुभेच्छुकहरुले अहिले बलिउड चलचित्रकर्मीले धर्मेन्द्रलाई सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि दिइरहेका छन् ।
सन् १९६० देखि अभिनय यात्रा शुरू गरेका धर्मेन्द्रले तीन सय भन्दा धेरै चलचित्रमा काम गरेका छन् । सन् १९७५ को ब्लकबस्टर चलचित्र ‘शोले’ मा वीरूको रूपमा परिचित उनले आफ्नो अभिनयमार्फत दशकौंसम्म दर्शकहरूलाई मोहित पारे ।
उनका ‘धरमवीर’, ‘प्रतिज्ञा’, ‘फूल और पत्थर’, ‘चुपके चुपके’ जस्ता चलचित्रहरू पनि चर्चित छन् । धर्मेन्द्रलाई दर्शकहरूले रोमान्टिकदेखि एक्शन हिरोसम्मको भूमिकामा मन पराएका छन् । यसैबीच देओल परिवार धर्मेन्द्रको अन्तिम संस्कारका लागि पवन हंश आर्यघाटमा पुगेका छन् । एजेन्सीको सहयोगमा


















