झापा। 

झापाको अर्जुनधारामा गएराति आगलागी भएको छ । आगगलागीमा आठ लाख ८७ हजार मूल्य बराबरकोको क्षति भएको छ । अर्जुनधारा–१० कालिझोडाका मछिन्द्र पौडेलको जस्ता र काठले बनेको २ तले ग्वाली घरमा गएराति ११ः४५ बजे अचानक आगलागी भएको हो । 

आगलागीबाट ग्वाली घर र घरभित्र रहेका चामल ५० बोरा (१५०० केजी), चोकर १० बोरा (५०० केजी), खुदी १० बोरा (५०० केजी), धान २० मन (८०० केजी), मुडा बुन्ने धागो÷डोरी ४० बोरा र ५ कठ्ठाको पराल जलेर नष्ट हुँदा अन्दाजी ८ लाख ८७ हजार बराबरको क्षति भएको छ ।

नेपाल प्रहरी, स्थानीय, बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा राति १ः१० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।