झापा ।
झापाको बाह्रदशी गाउँपालिका–२ खाडी बस्तीमा गाँजा खेती प्रहरीले फडानी गरेको छ । खाडी वस्तीमा ठूलो परिमाणको लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीको टोलीले २ सय १२ वटा गाँजाको बोट नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायव निरीक्षक दिवश कुमार कार्कीको नेतृत्वमा गएको सात जनाको टोलीले गाँजा नष्ट गरेको थियो ।
धनकुट्टा, भोजपुर लगायतका पहाडी जिल्लामा गरिने गाँजा खेती पछिल्लो समय झापाको ग्रामीण क्षेत्रमा समेत गर्न थालिएसँगै प्रहरीले निगरानी बढाएको जनाएको छ ।


















