- राजु बराल
चन्द्रगढी ।
कविता
घरको छानोले
न त हिउँदको घाम छेल्न सक्छ
न त बर्सातको पानी झेल्न सक्छ
पुर्व , पस्चिम , उत्तर , दक्षिणका
परालका टाटीहरुका
बासका भाटा धुलाम्मे भएर
बाधिएका जुइनाहरु खुस्किन थाले पछि
न त टाटी थाम्न सक्छ
न त आगनी रम्न सक्छ
सुन्दैछु म
तिमी फेरी उठदैछौ रे
दिवासपनाको तानाबाना बुन्दैछौ रे
तर
ठिङ्ग उभिएका चट्टानहरुलाइ तोडन
अब तिमी फेरी उठनु पर्छ
महलका सपनाहरुलाइ फोडन
भुइँ मान्छेका मनहरुलाइ जोडन
अब फेरी तिमी जुटनु पर्छ
उठदै गर्दा
तिम्लाइ लखेटन
तिमीले इस्ट सम्झेका सबै आउन सक्छन
चिल्लो तेल लाइ लाइ
तिम्लाइ महान बनाएर
पर्दा पछाडी बाजेको पेडा पसल चलाउन सक्छन
आखिरमा
तिम्ले बिजयको झन्डा गाडदै गर्दा
तिम्ले इस्ट सम्झेकै जल्ने गर्छन
त्यसैले
तिमी फेरी उठनु पर्छ
ब्वासाहरुको साम्राज्य छुटनु पर्छ
किन भने
अझै पनि बस्तीहरुमा उज्यालो छाएको छैन
भुइँ मान्छेको ओठमा हासो आएको छैन
चौरासी ब्यन्जनको साम्राज्य हराएको छैन
बन्द कोठा भित्रको खेल सलबलाएको छैन
त्यसैले
तिमी फेरी उठनु पर्छ
भुइँ मान्छे फेरी जुटनु पर्छ ।


















