बिर्तामोड ।
उत्तर पूर्वाञ्चल भारतको असम राज्य अर्तरगत राज्यको प्रतिष्ठित साहित्य संस्था असम साहित्य सभा पश्चिम कार्बीआङलङ जिल्ला समितिको आयोजनामा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । गत २६अप्रिल२०२६ मा जिल्लाको प्रमुखद्वार सीङ रङहाङ मेमोरियल पार्क स्थानीय साहित्यिक रबिन बरदलैले प्रतिमुर्तीमा दियो प्रज्वलन र विशिष्ट साहित्यिक केशव चन्द्र उपाध्यायले सिङ रङहाङको प्रतिमुर्तीमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाट गरेका थिए ।
पश्चिम कार्बीआङलङ जिल्लाका स्थायी सभापति विष्णु निरौलाको अध्यक्षतामा ग्रन्थ विमोचन सभा सम्पन्न भएको थियो । दार्जिलिंगकी विशिष्ट साहित्यिकार डा.निना राईको कथा संङ्ग्रह ‘जीवन मञ्चन’ असमका विशिष्ट लेखक रण काफ्लेद्वारा असमीया भषामा अनुवाद गरिएको ग्रन्थ असम साहित्य सभा केन्द्रीय उपाध्यक्ष पदुम राजखोवाले बिमोचन गरिएको थियो ।
उक्त अनुष्ठानमा दार्जिलिंगबाट आउने अतिथि डा.नीना राई, डा. साङ्मु लेप्चा, डा.अनिता लामा, सबिता थापा संकल्प साथै असमकी सुकन्या शान्ता शर्मा (मास्टार सेप प्रथम रानार्स फाइनेलिष्ट) पाँच जनालाइ फुलबुटे गामछा, झापी र सम्मान पत्रले अभिनन्दन गरिएको थियो । उक्त अनुष्ठानमा विशिष्ट साहित्यिक टङ्क कवँर आफ्नो छोटो भाषणले सभा उद्घाटन गरेका थिए भने कवि पवन शर्मा, कवि मदर ज्योति, कवि वापन क्रु कवि ज्योति होमागाईले बिभिन्न बिषयमाथि आफ्नो भनाइ राखेका थिए ।
जनप्रीय गायक बलेश्वर हान्से, सार्थे रङ्पी द्वयले कार्बी गीत गाएर सबैको मन जीतेका थिए । उक्त अनुष्ठानमा भाग्य देवी बेपीको सुन्दर सञ्चालनमा दर्शक मुग्ध भएका थिए । अलका बाठारीको स्वागत भाषण पछि आफ्नो लामो भाषणमा प्रमुख अतिथि पदम राजखोवाले संस्थाको गरिमा, साहित्य अनुवादको सेतुबन्धन, भाषा साहित्य मा पश्चिम अतिक्रमण,साइबारक्रइम, महिला हिंसा बिषयमा आफ्नो धारण ब्यक्त गरेका थिए।

















