शनिश्चरे । 

साहित्यकार कृष्ण धराबासीलाई दीर्घ साहित्य सेवा सम्मान गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिले यस बर्ष साहित्यकार धराबासीलाई सम्मान गरिएको हो । 

 अर्जुनधारा नगरपालिकामा आयोजित साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोहका बिच आज (शुक्रवार) साहित्यकार धराबासीलाई सम्मान गरिएको छ ।  कार्यक्रमका साहित्यका धराबासीलाई प्रमुख अतिथि बरिष्ठ साहित्कार प्रकाश बुढाथोकी, नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेलगायतले नगद एक लाख एक हजारसहित सम्मानपत्रले सम्मान गरेका थिए ।  

उक्त पुरस्कारबाट यसअघि २०७७ मा सरोजकुमार ओली, २०७८ मा बिष्णुकुमार भट्टराई, २०७९ मा कालीबहादुर थापा, २०८० मा हस्त परियार र २०८१ मा कृष्ण बराल सम्मानीत भइसकेका छन् । 

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको समारोहमा कार्यक्रमको उदेश्यसहित औचित्यमाथि प्रकाश उप–प्रमुख खड्गमाया पराजुली पारेकी थिइन् ।  

स्वागत भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिकी संयोजक कन्चना काफ्लेले गरेको कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए ।  सोही कार्यक्रमकाबिच साहित्य विमर्शसमेत गरिएको थियो । 

साहित्य विमश कार्यक्रममा साहित्यकार चन्द्र भण्डारी, सीमा आवास र दिपेन्द्र आचार्य वत्ताको रुपमा रहेका थिए भने  बहस सहजकर्ता सन्तोष आचार्य रहेका थिए । साहित्यकारहरुले कविता, गीत, गजललगायत प्रस्तुत गरेका थिए ।