झापा ।
झापाको बिर्तामोड नगरपालिका–२ चैतुवारीमा आगलागी भएको छ । दुर्गा स्टिल प्रालि उधोगको कामदारहरु बस्ने दुई तले पक्की घरको भुई तल्लाको किचेन कोठाबाट ग्यास लिक भइ अचानक आगोलागी भएको हो ।
बिहीवार साँझ ६ः४० बजेको समयमा भएको आगलागीमा छ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट किचेन कोठा र किचन कोठासँगै टाँसिएको सुत्ने कोठा, कामदारहरुको नगद एक लाख ५० हजार, लत्ताकपडा, मोबाईल–३ थान पूर्ण रुपमा जलेर नष्ट हुँदा छ लाख बारबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
आगो स्थानियहरुको सहयोगमा ७ः२० बजे समयमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो। आगलागीका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















