काँकरभिट्टा ।
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा झापा क्षेत्र नम्बर १ बाट गोविन्द गिरीले खुल्ला प्रतिनिधिको उम्मेद्वारी दिएका छन् । पार्टीको भातृसंगठन युवा संघमा सक्रिय हुँदै पार्टी झापा जिल्ला प्रतिनिधि परिषद सदस्य एक सशक्त कर्मठ युवाका रुपमा परिचित गिरीले खुल्ला प्रतिनिधिका रुपमा उम्मेद्वारी दिएका हुन् ।
पार्टीका हरेक मोर्चा, संघर्ष र आन्दोलनमा अग्रपंक्तिमा उभिएर जिम्मेवारी बहन गर्दै संगठनलाई बलियो बनाउने सशक्त, जुझारू र प्रतिबद्ध भुमिकामा सधैं प्रेरणादायी रहँदै आएका उनी युवा माझ लोकप्रिय छन् ।
पार्टीका युवा नेता गिरीले जनताको गुनासो सुन्ने, समस्या समाधानमा तुरुन्त अग्रसर हुने कार्यशैली नै नेतृत्वको पहिचान बनाएका छन् ।उनी सधैं सत्यको पक्षमा वकालत गर्ने, यात्रामा जनताको विश्वास, पार्टीको आदर्श र संगठनको मार्गदर्शनसहित पार्टीको स्थापना कालदेखी नै सक्रिय रहँदै आएका छन् ।
युवा माझ लोकप्रिय गिरी दुई कार्यकालदेखि काँकरभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नेतृत्वमा छन् । उनी जनताको अपार माया र लोकप्रिय मतका आधारमा खानेपानीमा विजयी हुँदै आएका छन् ।
गिरीले झापा क्षेत्र नं.१ का सम्पूर्ण पार्टी सदस्यहरूलाई अत्याधिक मतका साथ बिजय गराउन हार्दिक अनुरोधसमेत गरेका छन् ।


















