बिर्तामोड ।
नेपाली कम्युनिष्ट पार्टीको झापा जिल्ला कार्यालय स्थापना र कार्यकर्ता भेला गौरीशंकर प्रतिष्ठान विर्तामोडमा सम्पन्न भएको छ। पार्टी नेता हरिबोल गजुरेल (सितल) को प्रमुख आतिथ्यमा शुक्रवार कार्यालयको उद्घाटन गरिएको हो ।
कार्यक्रममा केन्द्रिय सदस्य पुष्प पोख्रेल, रंञ्जित तामाङ, ज्योतीसिंह दर्लामीले सम्बोधन गगरेका थिए । कार्यक्रममा विशिष्ट अतिथीको रुपमा पार्टी केन्द्रिय सदस्यहरु क झलकसिंह दर्लामी, चन्द्रा श्रेष्ठ, बासु दुलाल, मणिकुमार साङपाङ राई उपस्थिति रहेको थियो । यसैगरी अथितीहरु बेदराज रेग्मी र प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो
विपी भट्टराईको अध्यक्षता, अम्विका उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन मोहन टुडुले गरेको युवा नेता वासु दुलालले जानकारी दिए ।


















