झापा । 

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ परेको छ । आज (आइतवार) बिहान ९ः४५ बजेको समयमा ती कैदी पक्राउ परेका हुन् । 

गत भदौं २४ गते  जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाडौंबाट भागेर फरार रहेका  लागुऔषध र जाली नोट कारोबारी मुद्दाका कैदी ५ पन्थपडाका ३० बर्षीय ऐराजुल हक पक्राउ परेका हुन् । 

उनलाई झापा गाउँपालिका–४ भामटोली स्थित उनको आफन्तको घरमा लुकिछिपि  बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको  गस्ती टोलीले बिशेष सुचनाको आधारमा  फेला पारी नियन्त्रणमा लिएको हो । 

उनलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको र  आवश्यक कारवाहिको लागि सम्बन्धित कारागार पठाउने  तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।