बिर्तामोड ।
इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनः निर्माण तथा मर्मत सम्भारका लागि एक लाख एक हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
गत भदौं २४ गते भएको जेनजी आन्दोलनकन क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भारका लागि सहयोग जुटेको हो ।
बाह्रदशी गाउँपालिका–७ घर भई हाल बिर्तामोड–३ भगवान चोक बस्ने लोकनाथ चौंलागाँई र डिकुरादेवी चौंलागाँईका छोरा समाजसेवी प्रेम चौलागाँई, महेन्द्र चौलागाँई र देवेन्द्र चौलागाँईसहित चौलागाई परिवारले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड पनुःनिर्माण लागि सो रकम सहयोग गरेको पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा बिपिन बजगाँईले जानकारी दिए ।
चौंलागाँई परिवारले आज (मंगलबार) इलाका प्रहरी कार्यालय अनारमनीमै पुगेर इनिस्पेक्टर प्रविन श्रेष्ठ, क्षतिग्रस्त भवन पुनः निर्माणका अगुवा बिपिन बजगाँई, रमेश चौधरीलगायतले सो रकम हस्तान्तरण गरेको हुन् ।


















