झापा । 

झापाको दमक नगरपालिका–५ स्थित क्याम्पस मोड एक जना लडेर मृत्यु भएको छ । आज (बुधवार) दिनको ४ः१५ बजेको समयमा अर्जुनधारा नगरपालिका–४ का ६२ बर्षीय युवराज पौडेलको मृत्यु भएको छ । 

 सडकमा हिड्ने क्रममा अचानक लडेर बेहोस भइ अचेत अवस्थामा फेला पारी उपचारको लागि निम्स अस्पताल दमकमा ल्याई उपचार भईरहेकोमा ४ः२५ बजेको समयमा अस्पतालको डाक्टरले मृत घोषणा गरेका थिए । 

मृतकको शव सोही अस्पतालमा रहेको र इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान तथा कानुनी प्रकृयाको भइरहेको छ । घटनानको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।