झापा ।
झापा बिर्तामोड–९ धौलापुलबाट राजश्व छलेका सामान फेला पारी राजश्व अनुसन्धान इटहरी पठाइएको छ । राजश्व छलि गरेका सामान, सवारीसहित तीनलाई पनि नियन्त्रणमा लिइएको थियो ।
अर्जुनधारा–११ का ४३ बर्षीय दिलिप खड्का ७५२४ नम्बरको गाडी चालक, अर्जुनधारा–५ का ५४ बर्षीय राजाराम खड्का ४०४५ नम्बरको गाडी चालक र भद्रपुर–१ का ४७ बर्षीय उदेन राई ६८९२ नम्बरको गाडी चालकलाई नियन्त्रणमा लिइएको थियो ।
बुधवार दिनको २ बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको चेकिङ टोलीले बिर्तामोडबाट भद्रपुरतर्फ जाँदै गरेका सवारीहरु चेकिङ गरेको थियो ।
चेकिङका क्रममा मे.१च ६८९२, प्र १–०१–००१ च ७५२४, मे १ च ४०४५ नम्बरका गाडी चेकजाँच गर्ने क्रममा अवैध रुपमा राजश्व छलि गरि ल्याउँदै गरेको सामानहरु फेला पारि सामान, मानिस र तिन वटै सवारी साधन समेत आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धानको कार्यालय ईटहरी पठाइएको हो ।
सामानहरु MAMY POKOWhite Moon लेखिएको डाईफर ४१ कार्टुन, Enchanter लेखिएको कास्मेटिक सामान १९ कार्टुन, चुलबुल लेखिएको रक्सि २०० कार्टुन, Gorkha बियर १५० कार्टुन, Oreo लेखिएको बिस्कुट १६ कार्टुन, Cello, Bikul लेखिएको तेल ८० कार्टुन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















