झापा । 

झापा अर्जुनधारा नगरपालिका–८ रातो पुलमा गएराति भएको आष्लागीमा ९० लाख मूल्य बराबरको क्षति भएको छ । सोही स्थानका सन्तोष साहुको दुई तले पक्कि घरको भुई तलामा बिहीवार राति ८ः३५ बजे आगलागी भएको थियो । 

साहुको भुई तलामा रहेको २ वटा सटरमा रहेको हार्डवेर पसलमा बिधुत सर्ट भई आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीसहित स्थानियबासी, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो राति ९ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । 

 उक्त आगलागीबाट पसल भित्र रहेको सिमेन्टका बोरा, टिनको बण्डल, कलर पेन्ट, पुटिङ सिमेन्ट, झ्याल ढोका तथा भ¥याङ्गमा प्रयोग हुने आल्मुनियन, प्लाई, तथा बिविध सामाग्री लगायत गरेर ९० बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।