झापा ।
भारत र नेपालका गौतमहरु भेला भएर झापाको कोटिहवनमा बिहीबार उद्यौली पर्व ( धान्य पूर्णिमा ) धुमधामका साथ मनाएका छन् । सो अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरिएको गौतम समाज झापा केन्द्रीय समितिले जनाएको छ ।
समाजले २०८२ मा कक्षा १२ को परीक्षामा झापाबाट सर्वोकृष्ट अंक ल्याउने गौतम सन्तानद्व्य पूजा गौतम र आदित्य गौतमलाई नगदसहित सम्मान गरेको छ । दमक नगरपालिका - ३ का पूजा र अर्जुनधारा नगरपालिका - ६ का आदित्यलाई जनही पाँच हजार, दोसल्ला र प्रशंसापत्र प्रदान गरिएको छ । समाजले सो अवसरमा किड्नी दाताद्वय भारत मणिपुरका मुक्ति गौतम र झापा धरमपुरका होमप्रसाद गौतमले गरेको उच्च मानवीय सेवाका लागि सम्मान गरेको समाजका अध्यक्ष नीतिरमण गौतमले जानकारी दिए ।
समाजले जिउँदो इतिहासका रूपमा दमक - ३ का पुण्यप्रसाद गौतम ( वर्ष ९६ ) , बिर्तामोड नगरपालिका - १० का श्रीप्रसाद गौतम ( वर्ष ९५ ), मेचीनगर नगरपालिका - ६ का केशकुमारी गौतम ( वर्ष ९४ ) , दमक - ४ का मेदनीप्रसाद गौतम र तुलसादेवी गौतमद्व्य ( वर्ष ८७ ), तथा दमक - ४ का नैनकला गौतम ( वर्ष ८५ ) लाई नगद, सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेको छ ।
समाजले बिहीबार नै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा ३४ जनाले रगरदान गरेको रक्तदान कार्यक्रम व्यवस्थापन समिति सदस्य भरत गौतम ( ख्याम ) ले बताउनुभयो । सो अवसरमा आठजना रक्तदानमा सहभागी बाह्रदशी पालिका समितिलाई सम्मान गरिएको छ । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र झापाको प्राविधिक सहयोग गरेको थियोे ।
सो अवसरमा गौतम समाज झापाको अक्षयकोष वृद्धिका लागि डम्बरकुमारी गौतमले एक लाख पाँच हजार, धरान सुनसरीका विष्णुप्रसाद गौतमले ५५ हजार ५५५, मेचीनगरका लक्ष्मीप्रसाद गौतमले ४२ हजार दुई सय, बिर्तामोडका कविराज गौतमले ३३ हजार ३३३, अनन्त गौतमले १५ हजार १०१, मेचीनगरका केदार गौतम ( खत्री भान्जा ) र दमकका रोशन गौतमले समान ११ हजार १११ , हेमकला गौतम र विष्णुप्रसाद गौतमले समान पाँच हजार उपलब्ध गरा एका छन्।
पुरस्कृत, सम्मानित, रकम र किड्नीदाता सबैलाई समाजका पूर्वअध्यक्षद्व्य प्रकाशचन्द्र गौतम र हरिप्रसाद गौतम, उपाध्यक्ष उर्मिला गौतम लगायतले सोसल्ला, माला पहिर्याएर सम्मान गर्नु भएको थियोे । अहिले समाजको अक्षयकोषमा २५ लाख बढी छ । ५१ लाखको अक्षयकोष निर्माण गर्ने समाजको लक्ष्य छ । बिहीबार मात्रै कोष वृद्धिना दुई लाख ८३ हजार ४११ रुपैयाँ जम्मा भएको समाजका कोषाध्यक्ष जयनारायण गौतमले बताए ।
सोही कार्यक्रममा गौतम वंशका वंशावली लेखक स्व . खेमलाल गौतमका सन्तानत्रय ओमप्रकाश गौतम, रामकुमार गौतम र कृष्णमोहन गौतमले छुट्टै अक्षयकोष निर्माणका लागि समाजलाई तीन लाख उपलब्ध गराउने घोषणा गर्नुभएको छ । यसअघि गौतम समाज झापा सचिव राजेन्द्रप्रसाद गौतमले आफ्ना स्व . पिता डिल्लीप्रसाद गौतमको स्मृतिमा विपन्न तथा जेहेन्दार छात्रवृत्ति कोष निर्माणका लागि एक लाख उपलब्ध गराउने घोषणा गरेको जनाएको छ ।
बिहीबार नै समाजका संस्थापक अध्यक्ष हरिप्रसाद गौतमको अर्धकदको शालीन अत्री अनुसूया भवन कोटीहवनमा प्रतिस्थापन गरिएको छ । शालीक स्व. हरिप्रसादका सन्तान खड्ग गौतम लगायतले उपलब्ध गराउनु भएको समाजले जनाएको छ ।


















