- रन्जित परियार
बुट्टाबारी ।
श्री किरातेश्वर मुजोत्लुङ्ग युमा माङ्गहिम मेचिनगर–१० चारआलीले चासोक तङ्गनाम तथा उधौली पर्व २०८२ विविध कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १८ बाट शुरु भएको कार्यक्रम आज (शनिवार) सम्पन्न भएको हो ।
कार्यक्रममा किरातहरुको महान पर्व चासोक तङ्गनाम उधौली पर्व २०८२ तथा त्येअङ्ग्सी सिरिजङ्गा दोस्रोको ३२२ औ जन्म जयन्तीको अवसरमा माङ्ग्लाक साङ्ग सेवा, कुवेसुश्मा र केस्लाङ्ग प्रतियोगितामा पालाप हाकपारे, छेलो हान्ने (पकलुङ्ग) डोरि तान्ने, फ्रकजम, म्युजिकल चियर आदि कार्यक्रमसहित धार्मिक, साङ्गेतिक, तथा बिबिध कार्यक्रम गरी मनाइएको थियो ।
कार्यक्रम किरात यायोखा चुम्लुङ्ग झापाका अध्यक्ष सेसेहाङ्ग फियाकले किरातीहरु फरक फरक समुहमा रहे पनि सबै एकतामा बाधिनु पर्नेमा जोड दिएका छन् । उनले यसले सम्पूर्ण किरात भित्रका विभिन्न जात जाती रहे पनि भर्खरै एकताका साथ जोडिदै गएकोमा खुसी व्यक्त गरेका छन् । किरातहरुको सभ्यतालाई पुनरस्थापना गर्नु हुने धर्मगुरु फागुनन्द,हिमानसिङ्ग चेम्जुङ्ग र सिरिजङ्गाले गरेको कार्य प्रति उनले सचेतता गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि संघीय प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले किरातहरुको एकता र बलिदानले देशको चौतर्फी बिकास र अन्तर्राष्ट्रिय छवि बनाएको यो समुदाय साच्चै कै भुमी पुत्रको रुपमा एवम् एउटा राज्य चलाएको इतिहास भएको बताइन् । उनले नेपाल एकीकरण पछीको एकता र अहिले किरातहरुको मौलिक सस्कृती साथै अहिलेका पुस्तालाई हस्तान्तरण गर्दै लगेकोमा आफू प्रफुलित रहेको बताइन् । जनजातिहरुको भाषा र आफ्नो लिपीहरु स्थानीय तहमा राष्ट्रिय भाषाका रुपमा सरकारले मान्यता दिएको छ भने किरात भाषालाई पनि राष्ट्रिय भाषाको रूपमा मान्यता दिन सके राम्रो हुने उपसभामुख रानाले व्यक्त गरिन् ।
कार्यक्रममा विभिन्न किरात समुदायका संघ सस्थाहरुको सयौं उपस्तिथि रहेको कार्यक्रममा विभिन्न खेल नृत्य आदिमा सहभागीलाई पुरस्कार बितरण गरिएको थियो । माङ्गहिम मेचिनगरका अध्यक्ष अर्जुन थेबेको अध्यक्षता संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष हर्कजङ्ग ब्युहिमले गरेको कार्यक्रमको सहजीकरण महासचिव गौरव लिम्बुले गरेका थिए ।


















