झापा ।
आज देशभरको मौसम आंशिक बदली हुनेछ । आकाश केही धुम्मिएको छ । हिजो बेलुकादेखि देशैभर पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा सबैजसो ठाउँमा केही मात्रामा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम आंशिक बदली भएपनि दिउँसो कतैपनि पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । बेलुकापछि मौसम केही फेरबदल हुन सक्ने सम्भावना छ ।
आज राति गण्डकीको हिमाली भागको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली हुन सक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।


















