बिर्तामोड ।
झापाको बिर्तामोडमा कियाले नयाँ शोरूम उद्घाटन गरेको छ । कोशी प्रदेशमा आफ्नो सेवा विस्तारका क्रममा बिर्तामोडमा आधिकारिक रूपमा नयाँ शोरुम उद्घाटन गरेको हो । कोशी प्रदेशमा सेवा, पहुँच र ग्राहक अनुभवप्रति कम्पनीको प्रतिबद्धतालाई अझ मजबुत बनाउँने उदेश्यले आज (सोमवार) शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
शोरूमको उद्घाटन कन्टिनेन्टल ग्रुपकी निर्देशक रेखा घिमिरले गरेकी छिन् । उद्घाटनसँगै बिर्तामोड शोरूमको पूर्ण सञ्चालन अब नेपालका लागि एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लिले सम्भाल्ने भएको छ । यो परिवर्तनले स्थानीय ग्राहकहरूलाई अझ एकीकृत र विश्वसनीय ब्रान्ड अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नयाँ बिर्तामोड शोरूमले ग्राहकहरूलाई आधुनिक तथा लोकप्रिय किया मोडेलहरू एउटै छानामुनि उपलब्ध गराउनेछ । साथै, अझ सुव्यवस्थित सेवा सुविधा र सुधारिएका टचप्वाइन्टहरू मार्फत. ग्राहकहरूको सम्पूर्ण यात्रालाई सहज बनाउने कम्पनीको लक्ष्य छ । शोरुमको पुनः सञ्चालनको प्रमुख आकर्षण भनेको सम्पूर्ण महिला सञ्चालित अटोमोबाइल शोरूम टोलीको सुरुवात हो, जसले नेपालको अटोमोबाइल उद्योगमा समावेशी कार्यस्थलको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।
उद्घाटनसँगै, बिर्तामोड शोरूममा डिसेम्बर ८ देखि १० सम्म किया एक्सचेन्ज क्याम्प पनि सञ्चालन भइरहेको छ । जहाँ ग्राहकहरूले आफ्नो सवारी सटही गर्दा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा कियाले सोनेट एच.टि.ई र सेल्टोस एच.टि. के (ओ) भेरियन्टहरू पनि सार्वजनिक गरेको छ । जसले विभिन्न ग्राहकका आवश्यकता अनुसार मोडेलहरूको विकल्प विस्तार गर्ने ब्रान्डको प्रतिबद्धता देखाउँछ ।
कियाले ग्राहक सेवा र दीर्घकालीन प्रतिबद्धतालाई प्राथमिकता दिँदै नेपालभर आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ । बिर्तामोड शोरूम अब नयाँ उत्साह, नवीन सोच र ’मुभमेन्ट ड्याट इंस्पायर्स’ को’ भावनासहित ग्राहकहरूलाई स्वागत गर्न तयार रहेको बिर्तामोड शोरुम प्रवन्धक ममता राजवंशीले जानकारी दिइन् ।
नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ३० वर्षभन्दा बढी समयदेखि कियाको सञ्चालन गरिरहेको छ । कियाका इन्धन र बिधुतिय दुवै प्रकारका सवारीसाधन विश्वभर उत्कृष्ट प्रविधि र भरपर्दो पनाका लागि चिनिन्छन्, जसले नेपाली यात्रामा पनि निरन्तर साथ दिँदै आएका छन् । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सुनिता तामाङले गरेकी थिइन् ।
कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका उप–महाप्रबन्धक मनजीत पोखरेल, मार्केटिङ प्रमुख विवेक लेखक, सेवा प्रमुख अमित चौधरी, मार्केटिङ अफिसर निरात न्यौपाने, किया गैरिधारा सहायक प्रबन्धक राकेश विश्वकर्मा, बिर्तामोड शोरूम प्रबन्धक ममता रजबंशी, बिराटनगर किया शोरूम प्रबन्धक कुशल लामिछाने तथा किया बिर्तामोड शोरूम टिमका सदस्यहरूको उपस्थित रहेका थिए ।


















