झापा । 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जसको प्रभावले तीन प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।