बिर्तामोड ।

जेनजी युनाइटेड मुमेण्टले राष्ट्रिय परिर्वतन पार्टीलाई समर्थन गर्ने भएको छ । 

मुमेन्टले बिर्तामोडमा आज बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जेनजी आन्दोलनका घाइते राजेश पोर्तेलको नेतृत्वमा रहेको पार्टीलाई समर्थन गर्ने जनाएको हो । 

चुनावको समयमा कुनै न कुनै पार्टीलाई समर्थन गर्नु पर्ने भएकाले जेनजीका घाइतेकै नेतृत्वमा रहेको पार्टी भएकाले आफूहरुले राष्ट्रिय परिर्वतन पार्टीलाई समर्थन गरेको जेनजी युनाइटेड मुमेन्टकी झापा संयोजक अञ्जना राईले बताइन् । 

राष्ट्रिय परिर्वतन पार्टीले जेनजी आन्दोलनको मर्म वुझ्ने , सहिदहरुको सपना साकार गर्ने, योजना अघि सारेकाले समर्थन गरेको उनको भनाई छ । 

‘ हाम्रो उद्देश्य चुनाव अघि नै जेनजी आन्दोलनका मुद्दाहरु सम्वोधन गराउँने थियो ’ संयोजक राईले भनिन् – तर सरकारले देशलाई जवरजस्ती चुनाव तर्फ होमीदिएपछि ति मुद्दा ओझेलमा नपरुन् भनेर ढिलै भएपनि पार्टी दर्ता गरी मंसीर २७ गते  औपचारिक घोषणा गर्ने निणर्य गरेका छौं । 

घोषणा सभा कमल गाउँपालिकास्थित आदिवासी जनजाति रंगशालामा गरिने बताइएको छ ।  उनका अनुसार हालसम्म देशभरबाट ३३ हजार सात सय ५७ जना जेनजी युवाहरुको समर्थन रहेको छ । 

पत्रकार सम्मेलनमा राष्ट्रिय परिर्वतन पार्टीका कोषाध्यक्ष उशा लक्ष्मी तुम्वाहाम्फे, सदस्य जीवन वस्नेत, जेनजी मुमेन्टका रिचन वान्तवा राई, सोफिया विक लगायतको उपस्थिति रहेको थियो ।