झापा । 

झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट लागूऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट  खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ६७८० नम्बर मोटरसाइकललाई शंका लागि चेकजाँच गरेको थियो । 

प्रहरीले बुधवार साँझ ६ः३० बजेको समयमा मोटरसाइकल चालक देश भारत जिल्ला दार्जलिङ श्यामधनजोते बद्राजोतेका ६१ बर्षीय गोपाल बैधलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । 

उनले हापपेन्टको गोजीमा प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध अर्थात ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ७३० मिलिग्राम  र मोटरसाइकलसहित  नियन्त्रणमा लिएको हो । 

 उनलाई थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ ।