झापा । 

नेकपा एमालेको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज (बुधवार) बिहान ८ बजेदेखि मतदान शुरु हुने भएको छ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहेपनि  प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो । 

मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसेपनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो । निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान बुधबारका लागि सारिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।

महासचिव पोखरेलका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लाग्ने भएपछि आयोगको निर्देशन अनुसार मतदान एक दिनका लागि स्थगित गर्नु परेको थियो ।

नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व अर्थात अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन् । उीहरुले आ–आफ्नो प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका हुन्् ।