बिर्तामोड ।
इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सहयोग जट्ने क्रम जारी छ । यसै क्रममा झापा बिर्तामोड–५ को राज ग्लास हाउसले २५ हजार ५ सय ५५ रुपैयाँ बराबरको आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।
राज ग्लास हाउसका प्रोपाइटर देवकुमार कन्दङ्वाले प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक अफिस टेवल सिसा तथा कार्यालय प्रयोजनका लागि ऐना गरी २५ हजार ५ सय ५५ रुपैयाँ बराबरबो सामान प्रदान गरेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा बिपिन बजगाँईले जानकारी दिए ।
प्रोपाइटर देवकुमार कन्दङ्वाले आज (बुधवार) पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा विपिन बजगाँईलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इप्रका अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय आगजनी र तोडफोडबाट ठूलो क्षति भएको थियो ।


















