बिर्तामोड । 

नेपाल दशनामी समाज बिर्तामोड अक्षय कोष संस्थापक संरक्षक तथा व्यवस्थापन समितिको प्रथम बार्षिक साधारण सम्पन्न भएको छ । समितिले बुधवार बिर्तामोडमा प्रथम साधारणसभा सम्पन्न गरेको हो ।  

अक्षयकोष व्यवस्थापन समिति संयोजक अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य तथा नेपाल दशनामी समाज बिर्तामोड नगर समिति अध्यक्ष खड्गराज गिरीले स्वागत गरेका थिए । 

१२ जना संरक्षक रहने गरी जनही ५० हजार रुपैयाँका दरले संकलन गरेर अक्षयकोष स्थापना भएको अक्षयकोषमा जम्मा ५ लाख ७६ हजार १११ रुपैयाँ संकलन भएको आयव्यय प्रतिवेदन संयोजक अर्जुन गिरीले प्रस्तुत गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संयोजक अर्जुन गिरीले यस बर्षको ब्याज ५२ हजार १६३ रुपैयाँ गरी हाल अक्षयकोषमा ६ लाख २८ हजार २७४ रुपैयाँ भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

उक्त अक्षयकोषलाई क्रमिक रुपमा वढाउँदै लानु पर्ने र न्युनतम रकम संकलन गरेर नगर मात्र नभएर क्षेत्रको आधारमा पायक पर्ने अन्य पालिकाका केही वडालाई पनि समेट्नु पर्ने कार्यक्रममा छलफल भएको थियो । 

उक्त अक्षयकोषको ब्याजले प्रत्येक बर्ष बिपन्न दशनामीका उत्कृष्ट अंक ल्याउने छोराछोरीलाई छात्रवृत्ति प्रदान र धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान गर्ने मध्ये उत्कृष्ट दशनामीलाई सम्मान गरिनेछ । 

अक्षयकोषमा कृष्णकुमार गिरी, भरतलाल गिरी, गोविन्दबिक्रम गिरी, चन्द्रप्रसाद गिरी, पदमबादुर पुरी (प्रकाश) नरनाथ  गिरी, बालकृष्ण गिरी, सन्तोष गिरी, सूर्यप्रसाद गिरी, खड्गराज गिरी, शंकर गिरी, हेमराज गिरी संरक्षक रहेका छन् । 

यसैगरी अक्षयकोष व्यवस्थापन समितिको संयोजकमा अर्जुन गिरी र सदस्यहरुमा नरनाथ गिरी, खड्गराज गिरी, सम्झना पुरी (गिरी) र बिदुर गिरी रहेका छन् । 

कार्यक्रममा दशनामी समाज बिर्तामोड नगर उपाध्यक्ष खेमराज गिरी, सह–सचिव बिनोद गिरी (बद्री), सदस्य रणबहादुर गिरी, पद्मादेवी पुरी, हरि गिरी, विश्वनाथ बनलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा अक्षयकोष तथा हितकोष सञ्चालन कार्यविधि लेखन संयोजक नरनाथ गिरीले अक्षयकोषको विधानका बिषयमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन दशनामी समाज बिर्तामोड नगर प्रेस सल्लाहकार उद्धव पुरीले गरेका थिए ।