झापा।
नेपाल आमा स्वस्ती शान्ति पूजा अभियान २०८२ ले एक सय करोड दिप प्रज्वलन गर्ने भएको छ । सुनसरीको धर्तीको पहिलो तीर्थस्थल मानिएको वराह क्षेत्रमा आगामी माघ १९ गतेदेखि २५ हुने श्रीमद भागवत ज्ञान महायज्ञ आयोजना गरेर एक सय करोड दीप प्रज्वलन गरिन लागेको बिर्तामोडमा आज (शनिवार) पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
श्री बैकुण्ठनाथ दिव्य धाम, धार्मिक समाजसेवी अभियन्ता हरि महत, लायन्स क्लव अफ काठमाडौं हेरिटेज धरहराको संयाक्त आयोजनामा दीप प्रज्वलन गर्न लागिएको अभियानका प्रचारप्रसाद संयोजक मधुसुदन रिजालले जानकारी दिए ।
अभियन्ता हरि महतका अनुसार राष्ट्र शान्ति, मानव कल्याण, धर्म संस्कृति र परम्पराको संरक्षण सहित मातृभूमि नेपालका आमाको शान्तिको कामना र पितृ कूल देवता कल्याणका लागि नेपालमै पहिलो पटक एक सय करोड दीप प्रज्वलन आयोजना गरिएको हो । ‘पैसा नदिनुहोस् तेल वत्ती दिनुहोस्’ महतले भने ‘तीन करोड जनताको मुहारमा हासो ल्याउनु छ ।’ अभियानका नाममा पैसा नउठाउनले बताउँदै महतले भने ‘यो अभियानलाई सफल बनाउन सबैले तेल र बात्ती उपलव्ध गराइदिनुहोस् । जसका लागि तपाइहरुको घर घरमा गाडी आउँछ ।’
महायज्ञमा विश्व प्रशिद्ध कथा वाचक प्रविण पण्डित दिनवन्धु पोखरेलको प्रमुख कथा वाचकत्व रहने श्री बैकुण्ठनाथ दिव्य धाम माता तीर्थ भागवत सेवा आश्रम पिठाधिस तथा माइधार लक्ष्मीनारायण मन्दिर उत्तरधिकारी श्री १००८ स्वामी भागवतचार्यले जानकारी दिए ।
पत्रकार सम्मेलनमा श्री निवासदास माता तीर्थ काठमाडौंका रुकमणि रमण, पूजा सामग्री महिला उद्यमी दुर्गादेवी रिजाललगायतको उपस्थिति रहेको थियो ।


















