झापा ।
झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि–स्टेट नजिक भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिवार (अहिले साँझ) ५ः३० बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा चारआलीबाट बिर्तामोड तर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जना घाइते भएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–९ का २५ बर्षीय भुपालअधिकारी र भद्रपुर–७ का २५ वर्षीय शिर्षक सुवेदी गम्भीर घाइते भएका थिए ।
उनीहरुलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा ६ः१५ बजे दुवै जनालाई मृत घोषणा गरेका थिए ।
लाश तत्काल सोही अस्पतालको लाश घरमा रहेको, मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी ल्याएर राखिएको छ भने घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















