झापा ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भू–भागमामा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिक बदली रहने र देशका तराई भूभागमा तापक्रम हल्का घट्ने छ । राति पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।


















