सुरुङ्गा । 

झापा कनकाई नगरपालिकास्थित सुरुङ्गामा पत्रकार चुडामणि तिम्सिना (सीएम शर्मा) सम्मानीत भएका छन् । कार्यक्रममा विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट सही र निष्पक्ष सूचना समाजमा पुर्‍याउँदै आएका ठोस खबरका सञ्चालक तथा सम्पादक सिएमलाई शनिवार सुरुङ्गामा सम्मान तथा पुरस्कृत गरिएको हो । 

कनकाई सुरुङ्गा प्रेस क्लबका उपाध्यक्षसहित विभिन्न संघ संस्थामा आबद्ध सञ्चारकर्मी सीएम शर्मालाई नगदसहित सम्मानपत्रबाट सम्मान गरिएको थियो । भीमसेन बचत तथा ऋण सहकारी संस्था कनकाई–३ ले १६ औँ वार्षिक साधारण सभाका अवसरमा उनलाई सम्मान तथा पुरस्कृत गरेको हो । 

 कार्यक्रमका अध्यक्ष तेजबहादुर प्रधान, प्रमुख व्यक्तित्व संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठ, संस्थाका सल्लाहकार संयोजक नरेन्द्रकुमार श्रेष्ठ, सल्लाहकार रामबाबु महर्जनलगायतले उनलाई सम्मान  गरेका थिए ।