बिर्तामोड । 

झापाको बिर्तामोड–५ की दुर्गादेवी रिजालले सञ्चालन गरेको पूजा सामाग्री उद्योगको बाती उत्कृष्ट रहेको श्री बैकुण्ठनाथ दिव्य धाम माता तीर्थ भागवत सेवा आश्रम पिठाधिस तथा माइधार लक्ष्मीनारायण मन्दिर उत्तरधिकारी श्री १००८ स्वामी भागवतचार्यले बताएका छन् । महिला उद्यमी रिजालले सञ्चालन गरेको पूजा सामाग्री उद्योग बिर्तामोडमा शनिवार अनुगमनका क्रममा श्री १००८ स्वामी भागवतचार्यले बताएका हुन् । 

अन्य पूजा सामाग्रीबाट खरिद गरेको एक लाख बाती गन्दा करिव ८०/८५ हजार मात्र हुने गरेको बताउँदै भागवतचार्यले यस उद्योगबाट खरिद गरेको बाती एक लाख नै हुने गरेको बताए । अभियन्ता हरि महतले पनि सुनसरीको धर्तीको पहिलो तीर्थस्थल मानिएको वराह क्षेत्रमा आगामी माघ १९ गतेदेखि २५ हुने श्रीमद भागवत ज्ञान महायज्ञमा पूजा सामाग्री उद्योग बिर्तामोडकै बाती प्रयोग गर्ने बताएका छन् ।

उनले राष्ट्र शान्ति, मानव कल्याण, धर्म संस्कृति र परम्पराको संरक्षणसहित मातृभूमि नेपालका आमाको शान्तिको कामना र पितृ कूल देवता कल्याणका लागि नेपालमै पहिलो पटक एक सय करोड दीप प्रज्वलन गर्न लागिएको र त्यस महायज्ञमा पूजा सामाग्री उद्योग बिर्तामोडबाटै बाती खरिद गर्ने बताए । उनले पूजा सामाग्री उद्योग बिर्तामोडले न्यून मूल्यमा बाती उपलब्ध गराएको भन्दै धन्यवाद दिदै अन्य बाती भन्दा यो बाती उत्कृष्ट रहेको बताएका छन् ।