शनिश्चरे ।
आठवर्ष अघि झापाको अर्जुनधारा–७ स्थित भाङवारीमा स्थापना भएको विल्डकन इन्डष्ट्रिज प्रालिले एनएस इन्टरलकिङ पेभर्स उत्पादनमा कुनै सम्झौता नगर्ने जनाएको छ ।
उद्योगका सञ्चालक नविन गट्टानीले आफ्नो उद्योगले उत्पादन गरेका टायल्स, ब्लक र पेभर्स एनएस प्राप्त भएकोले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताएका छन् । जर्मन टेक्नोलोजिबाट उत्पादित पेभर्स झापासहित पश्चिम नेपालको कैलाकीसम्म पुग्ने गरेको दावी गर्दै सञ्चालक गट्टानीले ३ सय ५० जनालाई विल्डकन इन्डष्ट्रिजले प्रत्यक्ष रोजगारी दिएको बताएका छन् ।
उद्योगले एम ३० देखि एम ५० ग्रेडसम्मका एनएस इन्टरलकिङ पेभर्स उत्पादन गर्दै आएको गट्टानीले बताए । ६० करोड रुपैयाँ लगानी गर्दै सञ्चालनमा आएको उक्त उद्योग नेपालकै पहिलो एनएस प्राप्त उद्योग रहेको दावी गरिएको छ ।उद्योगले उत्पादन गरेका इन्टरलक पेर्भस एनएसको मापदण्ड अनुरुप सडकदेखि बन्दरगाहासम्ममा प्रयोग गर्न मिल्ने गट्टानीको भनाई छ ।
झापाका अधिकांश स्थानीय तहले पूर्वाधार निर्माण क्रममा पछिल्लो समय एनएस प्राप्त इन्टरलकिङको प्रयोग गर्दै गुणस्तरीय विकास निर्माणको काम गरिरहेको उनको भनाई छ । झापाका यस खाले अन्य उद्योग पनि सञ्चालनमा आउन सके झापासहित पूर्वी नेपालको विकास निर्माणमा गुणस्तर सुधार हुँदै जाने उनले बताए । उपभोक्ता समिति होस या ठेक्का मार्फत नै किन नहोस, काम गर्दा हामी ५ बर्षको ग्यारेन्टी दिन्छौं–गट्टानीले भने –कन्ट्याक्कमा ११ महिना भित्र टुटफुट भए मर्मत गर्ने सम्झौता भएपनि हामी ५ बर्षको ग्यारेन्टी दिन्छौं ।
वील्डकनले उत्पादन गरेको पेर्भसको माग क्रमिक रुपमा वढेको बताउँदै गट्टानीले भने– हामी क्वालिटी युक्त प्रोडक्ट दिन्छौं, रुचाउनेले हामीबाट लिन्छन्, नरुचाउनेले लिदैनन् ।आज (आइतवार) विल्डकनमै पत्रकार सम्मेलनको आयोजना गरी उद्योगले उत्पादन गरेका टायल्स, ब्लक र पेभर्स एनएस प्राप्तको वारेमा जानकारी दिइएको हो ।
उद्योगका अर्का सञ्चालक प्रदीप अग्रवालले एनएसका १० वटा स्ट्याण्डर कुरा गरेर उत्पादन भएको पेर्भसको ८० टनसम्मको भारवहन क्षमता रहेको दावी गरे । हाल नेपालमा ४०–५० टनसम्म लोड बोकेका गाडी गुडेपनि निकट भविश्यमा ५० टन मार्थिका गाडी गुड्ज सक्ने सम्भाभ्यतालाई अध्ययन गर्दै ८० टनसम्मको भारवहन क्षमताको पेर्भस उत्पादन गरेको बताए । एनएसको स्ट्याण्डरमा पेर्भसको २० बर्षे वारेन्टी अनिवार्य भएकाले आफुहरुले पनि आम उपभोक्तालाई ५ बर्षे ग्यारेन्टी गरेको बताए ।
उद्योगले उत्पादन गरेको पेर्भस प्रयोग गरेर निर्माण गरिएको सडक ५ बर्षभित्र कतै टुटफुट भए खवर आउन साथ आफ्ना कर्मचारी पठाएर तत्काल मर्मत गर्ने उद्योग सञ्चालकको दावी छ । बिर्तामोडमा निर्मित एक सडकको उदारहण दिदै सञ्चालक गट्टानीले भने–विल्डकन इन्डष्ट्रिजले उत्पादन गरेको सडकसँगै जोडिएर दोस्रो फेजमा अर्कै उद्योगले काम गरेको थियो, त्यो ठाउँ टुटेपछि आफ्नै उद्योगले पुनःमर्मत गरिदिएको छ । नेपालमा एनएस प्राप्त १२ वटा इन्टरलकिङ टायल्स, पेर्भस बनाउने उद्योग सञ्चालनमा रहेको बताइएको छ ।


















