झापा । 

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  हाल देशभर आंशिक बदली रहेको र तराईका बिभिन्न भू–भागमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दुई दिन अघिदेखि हुस्सु र कुहिरोका कारण पूर्वी तराईमा पनि चिसो वढ्दै गएको छ । जसका कारण जनजीवनमा प्रभाव पर्ने देखिएको छ । 

देशका तराई भू–भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु÷कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिएको महासंघले जनाएको छ ।