झापा । 

झापाको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भीरबाट लडेर एक जना बेद्धको मृत्यु भएको छ । शनिवार साँझ ७ बजेको समयमा भीरबट लडेर ती ब्यक्तिको मृत्यु भएको हो । 

सोही स्थानका अन्दाजी ६५ बर्षीय यमबहादुर लाय मगर आफ्नै पुरानो घर जान्छु भनी हिडेकोमा घर फर्कि नआएकोले खोजतलाश  गर्ने क्रममा शान्ति सामुदायिक वन भित्र पर्ने अन्दाजी ६०÷७० फिट अग्लो भीरबाट लडेर मृत अवस्थामा फेला परेका हुन् । 

 अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इप्रका अनारमनीबाट प्रहरी अधिकृत सहितको  टोली गएर थप अनुसन्धान भइरहेको बताइएको छ । आज बिहान उक्त घटना स्थलमा मृतकको लाश देखेर प्रहरीलाइ जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।