झापा ।
झापाको दमक नगरपालिका–७ लालिगुराँस टोलस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ढलको नाली भित्र पसेर दुर्घटना हुँदा मोटरसाइकल चालक कमल गाउँपालिका–६ का ३८ बर्षीय बिनोद राईको मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
हनुमान मन्दिर तर्फबाट रतुवापुलतर्फ जाँदै गरेको जस्तो देखीने बागमति प्रदेश ०२–०१७ प ३३४४ नम्बरको २२० सीसी को पंल्सर मोसा बाटोको पूर्वपट्टी पानी भएको ढलको नालि भित्र पसेर मंगलबार दुर्घटना भएको बताइएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















