चारपाने । 

झापा बिर्तामोड–२ चारपानेको सहारा नेपालले बिद्यार्थीलाई जाडोको कपडा वितरण गरेको छ । सहारा नेपालले आज (शुक्रवार) इलामको रोङ गाउँपालिका–६ को मोतिराम माध्यमिक विद्यालय कक्षा १ देखि १० सम्मका १ सय २० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो । 

सहारा नेपालले न्यानो कपडा अन्तरगत स्विटर वितरण गरेको छ । मोति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद अधिकारीको अध्यक्षतामा भएको न्यानो कपडा बितरण कार्यक्रममा सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो ।  

मोतिराम माविको आयोजनामा भएको कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समिति, वडाका प्रतिनिधिहरु, अनुगमन समिति संयोजक दुर्गा भण्डारी, सह–सचिव लालबहादुर गिरी, कार्यसमिति सदस्यहरू हेमराज गिरी र ध्यानबहादुर भारती लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक कुमार मगरले गरेको सहारा नेपालका कार्यक्रम व्यवस्थापक मात्रिका सुवेदीले जानकारी दिए ।