झापा ।
झापाको बिर्तामोड नगरपालिका–३ गजुरमुखी टोलमा नामथर वतन नखुलेकी मागी खाई हिड्ने एक महिलाको मृत्यु भएको छ । ती महिला आज (शनिवार) बिहान ७ः१५ बजेको समयमा मृत अवस्थामा फेला परेकी हुन् ।
बिर्तामोड–३ का चन्द्र थापाको जग्गा रहेको टिन छाना, टाँटीको बेराले बनेको कच्ची टहरो भित्र जमिनमा बस्दै आएकी अन्दाजी ५५/६० बर्षीया महिला मृत अवस्थामा फेला परेकी थिइन् ।
थप अनुसंधान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गएको थियो । बिहान ९ः३० बजे सम्पूर्ण कानुनी प्रकृया पुरा गरी लाश पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















