झापा ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
देशका तराई भू–भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने महाशाखाले जनाएको छ ।


















